शुक्रबार, वैशाख १२, २०८२

आज शनिबार भगवान शनिको पुजा गर्नुस, तपाईको आजको राशिफल

नेपालखोज २०७६ फागुन २४ गते ५:५८

धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिनको रुपमा मान्ने गरिएको छ । आजको दिन विशेष गरि भगवान शनिदेवको दिनको रुपमा दिइन्छ । आजको दिन भगवान शनिको पुजा गर्दा विशेष लाभ मिल्छ भन्ने धार्मिक मान्यता छ ।

आजका दिन भगवान शनिका लागि यदि तेल दान गर्ने परम्परा रहँदै आएको छ । ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ । शनिबारका दिन भगवान शनिको विशेष पुजा गर्दा ग्रहमा भएको शनिदोष पनि हटेर जान्छ र जीवनमा प्रगति हुन्छ ।

तपाईको आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिकरसांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्त संग मनमुटाव बढ्ला । सामान हराउन सक्नेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
उन्नति प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । पेसा वा व्यवसायका क्षेत्रमा फाइदा पुग्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । सन्तानपक्षको मायामा कमी आउनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

प्रतिक्रिया