मंगलबार, वैशाख १६, २०८२

गड्डाचौकी नाकामा चेकजाँचमा कडाइ

नेपालखोज २०७६ फागुन २५ गते १०:२२

कञ्चनपुर । भारतमा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा यसको जोखिम नियन्त्रणका प्रयासहरु भैरहेका छन् ।

भारतसँग खुल्ला सीमाना भएका कारण त्यसको संक्रमण नेपालमा भित्रिने जोखिम बढेपछि विभिन्न नाकामा चेकजाँच सुरु भएको हो । पश्चिमी नाका गड्डाचौकीबाट भारतको राजधानी दिल्लीसँग सबैभन्दा छोटो दुरीमा पुग्न सकिन्छ ।

यस नाका हुदै काठमाण्डौं, पोखरा, विराटनगर, महेन्द्रनगरलगायतका जिल्लाबाट नेपाल–भारत मैत्री बसहरु सञ्चालन हुने गरेका छन् । जसका कारण भारतको नयाँदिल्लीमा देखा परेको कोरोना नेपालमा पनि भित्रिने त्रास बढेको हो ।

कञ्चनपुरलाई संक्रमणको उच्च जोखिम रहेको क्षेत्रको रुपमा हेरिएपछि केही दिनयता गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा कोरोनाको चेकजाँचको काम सुरु गरिएको छ ।

जिमुवा स्वास्थ्य चौकीका कर्मचारी सुदर्शनदेव भट्टका अनुसार अहिले दैनिक एक हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । अर्कोतिर सीमानाकामा निःशुल्क स्वास्थ्य परिक्षण हुन थालेपछि यात्रुहरु पनि खुसी भएका छन् ।

प्रतिक्रिया