संखुवासभामा वित्तिय साक्षरता प्रदान गर्दै प्रभु बैंक
काठमाडौं । प्रभु बैंक लिमिटेडले संखुवासभा जिल्लाको विकट क्षेत्र चिचिला गाउँपालिकामा एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
चिचिला गाउँपालिकाका स्थानीयबासीहरुलाई बैंकिङ्ग कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा गरिएको प्रभु वैकले जनाएको छ ।
कार्यक्रममा चिचिला गाउँपालिकाका अध्यक्ष पाशाङ्गनुर्वु शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधी र स्थानीयको आर्थिक अवस्थाका बारेमा जानकारी गराउँदै पिछडिएको यस क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा प्रभु वैकप्रति आभार व्यक्त गरे ।
अध्यक्ष शेर्पाले चिचिला क्षेत्र दुर्गम क्षेत्रका रुपमा परिचित भएको भएतापनि नगदेबालीको रुपमा अलैंची खेती र आन्तरिक एवं बाह्य पर्यटनलाई व्यवस्थित गर्नको लागि स्थानीयबासीहरु नै अग्रसर भएमा आर्थिक रुपमा सम्पन्न हुने बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिने बारे जानकारी गराउनु हुँदै वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने बारे सहभागीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा चिचिला गाउँपालिकाका स्थानीय प्रतिनिधी, समाजसेवी, कृषक, व्यापारी, बुद्धिजिवी, नागरिक समाज लगायतको सहभागिता रहेको प्रभु वैकले जनाएको छ ।
प्रतिक्रिया