शुक्रबार, चैत १६, २०८०

अक्षय कुमारको ‘सूर्यवंशी’ मा कोरोनाको प्रभाव, प्रदर्शन मिति स्थगित

नेपालखोज २०७६ फागुन ३० गते ८:०५

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’ को प्रदर्शन मितिमा कोरोनाको प्रभाव परेको छ ।

बलिउडको बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’को प्रदर्शन मिति हाललाई स्थगित गरेको छ । रोहित शेट्टीले निर्देशन गरेको उक्त फिल्म मार्च २४ मा प्रदर्शन हुने मिति तय गरिएको थियो ।

भारतलगायत विश्वमै कोरोना भाइरसको संक्रमण व्यापक फैलिन थालेपछि फिल्मको प्रदर्शन मिति हाललाई स्थगित गरेको रोहित शेट्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त विज्ञप्तिलाई फिल्मका अभिनेता अक्षय कुमारले इन्स्टाग्रामबाट सार्वजनिक गर्दै कोरोना भाइरसका कारण हाललाई फिल्मको प्रदर्शन मिति स्थगित गरेको जानकारी दिएका छन् ।

उनले उपयुक्त समयमा फिल्मको प्रदर्शनको नयाँ मिति सार्वजनिक गरिनेसमेत उल्लेख गरेका छन् । फिल्म टिमले यो भाइरसको संक्रमणबाट सबैलाई जोगिन र सुरक्षा अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया