सोमबार, माघ २८, २०८१

चालु संसद अधिवेशनबाट आठ विधेयक पारित,संसद स्थगनको विषय ‘पर्ख र हेर’को अवस्थामा

नेपालखोज २०७६ चैत ३ गते १७:०२

काठमाडौँ । सङ्घीय संसद्को चालु अधिवेशनमा हालसम्म प्रतिनिधिसभाबाट आठ विधेयक पारित भएको छ । त्यस्तै ३३ विधेयक प्रक्रियामा, ६ विधेयक दर्ता तथा एक विधेकयमाथि सैद्धान्तिक छलफल भएको छ ।

Advertisement

यस्तै १३ विधेयक विभिन्न समितिमा रहेका, विभिन्न तीन समितिको प्रतिवेदन सभामा पेश, एक सन्धि र दुई जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित भएको सभामुखले जानकारी दिए । कोरोना भाइरस सङ्क्रमणको गाम्भीर्यतालाई हेरेर केही दिन संसद् स्थगन गरिएको स्पष्ट पार्दै उनले ‘पर्ख र हेर’को अवस्थामा रहेको बताए । सभामुख सापकोटाले राज्यका सबै अवयव र जनताको स्तरबाट एकजुट भएर कोरोनाका विरुद्ध लाग्नुपर्ने अवस्था आएको बताए ।

प्रतिक्रिया