शनिबार, फागुन ३, २०८१

दैनिक काँचो प्याज र लसुन खाने बानीले क्यान्सरको सम्भावना कम हुन्छ

नेपालखोज २०७६ चैत ४ गते ६:१७

एजेन्सी । चिनियाँ मेडिकल विश्वविद्यालयमा भएको एउटा शोधले प्याज र लसुन खाँदा क्यान्सरको खतरा कम हुने निष्कर्ष निकालेको छ ।

Advertisement

शोधकर्ताका अनुसार प्याज र लसुन उमालेर वा पकाएर खानुभन्दा यसलाई ताजा काटेर काँचै खाँदा राम्रो हुन्छ । उनीहरुले पकाउँदा वा उमाल्दा प्याज र लसुनको पोषक तत्व तथा फाइदाजनक केमिकल नष्ट हुने बताएका छन् ।

१६ सयभन्दा धेरै महिला तथा पुरुषमा गरिएको यो अनुसन्धानको निष्कर्ष के रहेको थियो भने काँचै प्याज र लसुन खानेहरुलाई क्यान्सर हुने सम्भावना ७९ प्रतिशतले कमी भएको थियो ।

प्याज र लसुनमा हुने बायोएक्टिभ कम्पाउन्ड्सका कारण स्तन तथा प्रोस्टेट क्यान्सरको सम्भावना पनि कम हुने देखिएको छ । एक वर्षमा १५ किलो प्याज तथा लसुनले क्यान्सर हुने सम्भावनालाई निकै घटाउने शोधकर्ताहरुले बताएका छन् ।

एशिया प्यासिफिक जर्नल अफ क्लिनिकल रिसर्च पत्रिकामा प्रकाशित शोधका अनुसार दैनिक खानामा प्याज र लसुन खानाले अन्य अंगको क्यान्सरको सम्भावना पनि निकै कम हुन्छ ।

प्रतिक्रिया