शुक्रबार, वैशाख १४, २०८१

जीवनमा सम्बन्धहरू कायम रहनुपर्छ

नेपालखोज २०८० जेठ ९ गते ५:४८

जसरी गणितमा जोडदा कुल अंक वृद्धि हुन्छ त्यसैगरि मानव जीवनमा पनि सम्बन्धहरुको जोडले जीवन सार्थक र सफल हुन्छ। हामि जति धेरै मानिससँग जोडिन्छौं हाम्रो जीवनको गुणस्तर उति राम्रो हुन्छ । मानिसहरूसँग जोडिदा त्यसले असीमित लाभ पनि प्रदान गर्छ । चाहे त्यो जागिर प्राप्त गर्ने कुरा होस्, पदोन्नति होस्, बिक्री/वितरण होस्, नयाँ पार्टनर खोज्ने कुरा होस्, श्रोतालाई मंत्रमुग्ध गर्ने बिषय होस् वा भावी सासू ( ससुराको परीक्षा पास गर्ने मामिला होस् यदि हामीलाइ मानिसहरूले मन पराउँछन् भने उनीहरूले हाम्रो जोडदार स्वागत गर्नेछन्। यस्तो अवस्थामा नयाँ सम्बन्ध बनाउन सजिलो हुन्छ ।

सम्बन्ध हाम्रा पुर्खाहरूले हजारौं वर्ष पहिलेदेखि गास्दै आएका छन् । उनिहरु उतिबेला आगोको वरिपरि भेला हुन्थे वा कुनै सामुहिक काम मार्फत एक ( अर्का सँग जोडिन्थे । सामाजिक घटनाहरू, बिभिन्न प्रतियोगिताहरू, सम्मेलनहरूमा हामी त्यसै गर्छौं। यसमा हाम्रा सबै सांस्कृतिक अनुष्ठानहरूमा सम्मिलित छन गम्भीरदेखि हल्का सम्म, विवाह र अन्त्येष्टिदेखि बर्थ डे सम्म । सबैभन्दा असामाजिक चित्रकार वा आफ्नो शयनकक्षको सानो झ्यालबाट सामाज चिहाउने एकलकाँटे असामाजिक कविहरु पनि सामान्यतया आफ्नो कामबाट आमजनतामा पुग्ने आशा गर्छन् ।

हाम्रो व्यक्तिगत तथा सामाजिक बृद्धि हामि आममानवहरु संग जोडिएको परिणाम हो, चाहे त्यो ट्रेकिङमा जाने युवाहरुको समुह होस वा साथिहरु सँग शनिबार चिया पिउन भेलाहुनेहरु हुन । हामी सधैं साथी , नातेदार तथा समुदायको समूह बनाउन सहज रूपमा प्रेरित हुन्छौं। तिनीहरू बिना हामी अस्तित्वमा रहन सक्दैनौं ।

सम्बन्धले आयु बढाउँछ

सम्बन्ध हाम्रो मस्तिष्कले गर्ने राम्रो चीजहरू मध्ये एक हो। यसले हाम्रा इन्द्रियहरूबाट जानकारी प्राप्त गर्छ र त्यसपछि कसैसँग जोडन हामीलाई व्यवस्थित गर्दछ । यी सम्बन्धहरूमा हाम्रो मन प्रसन्न हुन्छ । एक वैज्ञानिक तथ्य अनुसार जो धेरै भन्दा धेरै मानिससँग जोडिएका छन् ती मानिस लामो समयसम्म बाँच्छन् । अध्ययनहरूले देखाउँछन् ( सामाजिक एवं शारीरिक रूपमा सक्रिय व्यक्तिहरू लामो समयसम्म बाँच्छन् । यसको मतलब उही पुरानो समूहसँग टाँसिरहनु र व्यायाम गर्नु होइन। यसको अर्थ बाहिर निस्कनु र नयाँ साथीहरू बनाउनु हो। जब हामि बाहिरी संसारमा नयाँ सम्बन्धहरू बनाउँछौं तब यसले हामिलाई जवान र सतर्क राख्छ । डा. बर्कम्यान र उनको टिमले ९ वर्षसम्म ३५ देखि ६५ वर्ष उमेर समूहका ७,००० मानिसलाई नजिकबाट पछ्यायो । उनीहरूको निष्कर्ष थियो । सामाजिक एवं सामुदायिक सम्बन्धको कमी हुने व्यक्तिहरू व्यापक सम्पर्क भएका व्यक्तिहरूको तुलनामा रोगबाट मर्ने सम्भावना तीन गुणा बढी हुन्छ ।

प्रेमको खोजि स् हामी एकअर्काबाट भावनात्मक रूपमा लाभ उठाउँछौं । हामी मानिस बन्द र स्वशासित प्रणाली होइनौं । हाम्रा सम्बन्धहरुले हामीलाई दोहोरो परिणाम दिन्छन् । शासन, अनुशासन, प्रोत्साहन, दुर्व्यवहार, समर्थन , बिरोध सबै । अन्य मानिसहरूले हाम्रो कठिन समयलाई सहज र हाम्रो राम्रो समयलाई मीठो बनाउँछन्। यदि हामीलाई भावनात्मक सम्पर्कबाट वञ्चित गरियो भने, हामी सुक्नेछौं र मर्नेछौं । हमामिले सुनेका ( देखेका छौं ५० वर्ष लामो वैवाहिक जीवनमा जोडी मध्ये कसैको मृत्यु हुँदा जिबित पति वा पत्नी शारीरिक रुपमा स्वस्थ भए पनि केही महिना वा हप्तापछि स्वर्ग जान्छन । उनिहरुलाइ खाना र बास त हुन्छ तर एक /अर्कालाई नभइ नहुने प्रेम हुँदैन ।

समर्थन प्राप्त गर्नुहोस्

अन्य व्यक्तिहरूले पनि हामिलाई आफ्ना आवश्यकता तथा इच्छाहरू पूरा गर्न मद्दत गर्न सक्छन् । यो जीवनमा हामीले चाहने (रोमान्स, जागिर होस वा अरु कुनै कुरा त्यसका लागि कसैको सहयोग चाहिने हुनसक्छ र सम्बन्धले नै हाम्रा लागि सहयोग जुटाउँछ । यदि मानिसहरूले हामिलाई मन पराउँछन् भने तिनीहरू हामिलाई आफ्नो समय र सहयोग दिन इच्छुक हुनेछन् । तिनीहरूसँगको हाम्रो सम्बन्धको गुणस्तर जति राम्रो हुन्छ उनीहरूको सहयोगको स्तर उति उच्च रहन्छ ।

समुदाय धेरै सम्बन्धहरूको परिणाम हो । यसमा साझा विश्वास, उपलब्धि, आदर्श, रुचि, भूगोल समय सबै जोडिएको हुन्छ । हामी मानिसहरूको आधारभूत, भौतिक आवश्यकता छ । त्यसका फागि पनि हामी एक ठाउँमा आउँछौं र एक अर्काको हेरचाह रेखदेख गर्छौं । संगठित समुदायले आफ्ना सदस्यहरूलाई बल र सुरक्षा प्रदान गर्दछ। जब हामी बलियो र सुरक्षित महसुस गर्छौं, हामी हाम्रो ऊर्जालाई सामाजिक, सांस्कृतिक र आध्यात्मिक रूपमा विकासतर्फ लान सक्छौं ।

प्रतिक्रिया