ओली र प्रचण्ड बीच भेटवार्ता
नेपालखोज
२०७७ असार ११ गते १८:३१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच भेटवार्ता भएको छ । आज दुई अध्यक्षले वालुवाटारमा भेटघाट गरेका हुन् ।
हिजोबाट नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । दुई अध्यक्षले सम्बोधन गरेसँगै बैठकले सातवटा एजेन्डासमेत तय गरेको छ ।
भोलिबाट स्थायी कमिटीका सदस्यहरुको भनाई ’फेस गर्न’ र बैठकका एजेन्डामा सहमति जुटाउन दुई अध्यक्षले छलफल गरेका हुन् । हिजोको बैठकमा एमसीसीदेखि रुकुम घटनासम्मका एजेन्डा समेटिएको छ ।
स्थायी कमिटी सदस्यहरुले भोलिबाट एजेन्डामाथि आफ्नो धारणा राख्नेछन्। बैठकमा वरिष्ठ नेता माधव नेपाल र अध्यक्ष प्रचण्ड समूहले पूरानै एजेन्डा दोहो¥याउने भएपछि लचिलो बनाउन ओली लागि परेको बुझिएको छ ।
सम्बन्धित
प्रतिक्रिया