शुक्रबार, चैत १६, २०८०

काठमाडौंका मेयर भन्छन् : जनतालाई समस्या पर्दा हामी छौं फोन गर्नुस

नेपालखोज २०७६ चैत ११ गते १३:४६

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं महानगरबासीहरुको समस्या समाधान गर्न आफूसँधै सक्रिय रहेको बताएका छन् । सरकारले आजदेखि लागू हुने गरी लकडाउन गरे पश्चात महानगर प्रमख शाक्यले विज्ञप्ति प्रकाशित गर्दै लकडाउन अवधिभर घरबाहिर ननिस्कन आग्रह समेत गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘कोरोना भाइरसको प्राणघातक महामारीबाट नागरिकलाई जोगाउन सरकारले जारी गरेको उक्त निर्देशनलाई पालना गरी सो अवधिभर सम्पूर्ण नगरवासीहरू सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछु,’ ।

लकडाउनका अवधिमा काठमाडौंमा बसोबास गर्ने नागरिकहरुलाई दैनिक खाद्यान्नको सहजताका लागि सम्वन्धित निकायसँग छलफल गरी दैनिक उपभोग्य सामग्री सहजताका लागि पहल गरिरहेको शाक्यले नेपालखोजसँग बताए । उनले भने, ‘घर धनीहरुलाई भन्दा भाडामा बस्नेहरुलाई यस्तो अवस्थामा सकस हुन्छ । त्यस्तो नहोस् भन्नका लागि सरकारले गरेको लकडाउनको आग्रहलाई समेत असर नपर्ने गरी दैनिक उपभोग्य सामग्री विक्री वितरण सहजताका लागि आफूले कुरा गरिरहेको उनले बताए ।

उनले भने, जनताको समस्यामा हामी जनप्रतिनिधिले सहयोग गर्ने हो । यदि महानगर क्षेत्रभित्र बसोबास गरिरहनु भएका कसैलाई समस्या भए वडा अध्यक्षलाई सम्पर्क गर्नुस् नभए सिँधै प्रमुखलाई फोन गर्नुस् हामी सहयोग गर्ने छौ ।
मयेरले सवै जनताको सुविधाका लागि भन्दै वडा अध्यक्षहरु सम्पर्क नम्वर सहितको नामावली सार्वजनिक गरेका छन्

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुको नामावली

प्रतिक्रिया