आइतबार, माघ २७, २०८१

विपन्न २३ घरपरिवारलाई खाद्य सामग्री

नेपालखोज २०७६ चैत १७ गते ९:५१

ठिनी । व्यास युवा क्लब सञ्जाल र सामाजिक युवा अभियन्ता दमौलीको सक्रियतामा व्यासनगरपालिका–१२ कमलबारीस्थित घर्ती, दलित र तामाङ बस्तीमा रहेका २३ परिवारलाई आइतबार खाद्यान्न सहयोग गरिएको छ । सदरमुकाम दमौलीका युवा सुनिल घिमिरे, सुरेश घिमिरे, श्याम मौरती, सन्तोष गोदार र पोखरा निवासी अर्जुन केसीको सहयोगमा प्राप्त भएको उक्त खाद्यान्न बस्तीमा पुगेर बितरण गरिएको हो ।

Advertisement

सञ्जालका अध्यक्ष गौरव पन्थ अभियन्ताका सल्लाहकार लक्ष्मीभक्त खनालले संयुक्त रुपमा एक घरपरिवारलाई एक बोराका दरले चामल हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया