सोमबार, माघ २८, २०८१

कोरोनाको आशंकामा तनहुँका एक व्यक्तिलाई उपचारकालागि पोखरा पठाइयो

नेपालखोज २०७६ चैत १७ गते १६:३२

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–६ पुरानो ऋषिङका एक व्यक्तिलाई ज्वरो आएपछि उपचारका लागि पोखरा पठाइएको छ । दुई हप्ता अगाडी भारतबाट फर्किएर घरमा बस्दै आएका ती व्यक्तिलाई गाउँपालिकाले उपचारका लागि पोखरा पठाएको हो ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी कोटदरवार उपशाखाले सञ्चालन गर्दै आएको एम्बुलेन्समा ती व्यक्तिसहित उनका चार जना परिवारलाई आज पोखरा लगिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए। “ज्वरो आएको जानकारी पाएपछि स्वास्थ्य परीक्षण गरेर ढुक्क हुन आग्रह गरेर उनलाई पोखरा पठाएका हौ,” श्रेष्ठले भने, “ती व्यक्तिको स्वास्थ्य परीक्षणको रिपोर्ट आएपछि परिवारको पनि स्वास्थ्य परीक्षण गर्न भनेका छौ ।”

प्रतिक्रिया