बीर अस्पतालमा मृत्यु भएका धादिङका युवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
नेपालखोज
२०७६ चैत १९ गते १७:०५
काठमाण्डौ । भारतबाट फर्किएर बीर अस्पताल उपचारका क्रममा मृत्यु भएका युवकको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
धादिङ, सुन्दरबजार ६ का २३ वर्षीय राजकुमार मग्रातीको उपचारका क्रममा मृत्यु भएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार उनीसहित ११ जना चैत ९ गते नीलकण्ठ नगरपालिका–६ भोर्ले आइपुगेका थिए । त्यहाँबाट उद्दार गरेर उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।
उनलाई बुधबार विहान ज्वरो आएको थियो । उपचारकै क्रममा मृत्यु भएको थियो ।
यस्तै, वीर अस्पतालमा नै उपचार गराइरहेका गोरखाका एक युवकको पनि मृत्युभएको छ । मिर्गौला खराब भएका कारण नियमित डायलासिस गराइरहेका उनमा ज्वरो आएका कारण कोरोना संक्रमण परीक्षणका लागि नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।
तर, रिपोर्ट नआएको अस्पतालले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया