आइतबार, वैशाख ३०, २०८१

घर फर्किन मानेनन् पर्यटक

नेपालखोज २०७६ चैत २१ गते १६:२०

तनहुँ । पर्यटकीयस्थल बन्दीपुरमा भ्रमणका लागि विभिन्न देशबाट आएका १४ पर्यटक घर फर्किन मानेका छैनन् । बन्दीपुर गाउँपालिका कार्यालयको सहयोगमा बन्दीपुर क्षेत्रका होटलमा रहेका विदेशी पाहुनाको तथ्याङ्क संकलन गरी आआफ्नै देशमा पठाउने व्यवस्था गर्न लागिए पनि असुरक्षाको कारण देखाउँदै उनीहरु घर फर्किन नमानेका हुन् ।

होटलमा बस्दै आएका पर्यटकको पहिचान गरी आआफ्नै देशमा पठाउने उद्देश्यले तथ्याङ्क संकलन गरिए पनि उनीहरुले घर फर्किन अस्वीकार गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। उनका अनुसार फ्रान्सका पाँच, कोरियाका तीन, रुसका दुई, चीनका एक, कोलम्बियाका दुई र क्यानडा एक पर्यटक बन्दीपरमा छन् ।

प्रतिक्रिया