शनिबार, वैशाख २९, २०८१

कोरोना नियन्त्रण कार्यदलद्वारा पिपिइ अस्पताललाई हस्तान्तरण

नेपालखोज २०७६ चैत २१ गते १९:३३

चितवन । कोभिड १९ को सङ्क्रमण बढ्दै गएको समयमा कोरोना नियन्त्रण कार्यदल भरतपुरले जिल्लामा रहेका अस्पताललाई व्यक्तिगत सुरक्षाका सामग्री (पिपिइ) हस्तान्तरण गरेको छ । कार्यदलका संयोजक एवं भरतपुर महानगर प्रमुख रेणु दाहालले कार्यदललाई प्राप्त भएका पिपिइ अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

विभिन्न सङ्घ संस्थाद्वारा हस्तान्तरण गरिएका तथा महानगरले खरिद गरेर ल्याएका पिपिइ जिल्लाका विभिन्न अस्पताललाई हस्तान्तरण गरिएको हो । भरतपुर अस्पताललाई १०० थान, चितवन मेडिकल कलेजलाई ५० थान, कलेज अफ मेडिकल साइन्सेजलाई ५० थान, निजी अस्पताल समन्वय समितिलाई ६० थान र जिल्ला प्रहरी कार्यालय चितवनलाई १० थान हस्तान्तरण गरिएको हो ।

सामग्री हस्तान्तरण गर्दै संयोजक दाहालले कोरोना नियन्त्रणका लागि जिल्ला एक भएको सन्देश दिन आवश्यक रहेको बताउनुभयो । कार्यदलका सदस्यसचिव डा भोजराज अधिकारीले दातालाई कार्यदलमार्फत सहयोग गर्न आह्वान गरिएको जानकारी दिए ।

प्रतिक्रिया