शनिबार, असार २, २०८१

शान्ति समाजले जम्मा ग¥यो ४५ पिन्ट रगत

नेपालखोज २०७६ चैत २२ गते १३:५१

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका क्रममा रगतको अभाव भएपछि मानव अधिकार तथा शान्ति समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं। ८ को सहयोगमा सोही वडाको गोठाटार वाग्मती किनारस्थित गाईबाच्छा संरक्षणस्थलको चौरमा आयोजित कार्यक्रममा ४५ जना दाताले रक्तदान गरेको समाजका सभापति उत्तम पुडासैनीले राससलाई जानकारी दिए । आज जम्मा भएको ४५ पिन्ट रगत रक्त सञ्चार केन्द्र भक्तपुरले आकस्मिक रुपमा अस्पताल भर्ना भएका बिरामीलाई दिने जनाइएको छ ।

लकडाउनका कारण मानिस जम्मा हुन सक्ने अवस्था नहुँदा अस्पतालमा आकस्मिक सेवाका बिरामीलाई रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रले पायक पर्ने स्थानमा गई रक्तदान गर्न सम्पूर्ण दातामा आह्वान गरेको छ ।

प्रतिक्रिया