शुक्रबार, वैशाख १४, २०८१

गरिबलाई कुहिएको चामल

नेपालखोज २०७६ चैत २९ गते ६:५०

परासी । राहतका नाउँमा गरिबलाई कुहिएको चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न परिवारले नगरपालिका अगाडि खाद्यान्न फालेका छन् ।

नगरपालिकाले गरिब तथा विपन्नको तथ्याकं संकलन गरी शुक्रबारदेखि वडामार्फत खाद्यान्न वितरण सुरु गरेको हो ।

रातहको चामल गन्हाएको भन्दै गरिब तथा विपन्नले आफूले पाएको खाद्यान्न नगरपालिकाको गेटअगाडि लगेर छरिदिएका हुन् ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।

प्रतिक्रिया