बुधबार, वैशाख २६, २०८१

अनलाइनका माध्यमबाट सनराइज बैंकको क्यालेण्डर सार्वजनिक

नेपालखोज २०७६ चैत २९ गते १३:२०

चैत्र । सनराइज बैंक लिमिटेडले वि.सं २०७७ सालको क्यालेन्डरको सार्वजनिक गरेको छ । बैंकले नेपालका विभिन्न पर्यटकीय धार्मिक स्थलहरुको तस्वीरका विषयवस्तुसहित नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डरमा बैंकले नेपालका सातै प्रदेशका १२ वटा विभिन्न अन्वेक्षित र अन्वेषण नगरिएका स्थलहरू समावेश गरेको छ जसले आजीवन अनुभव सिर्जना गर्ने बैंकले विश्वास लिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिप्रेक्ष्यमा बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्दै क्यालेन्डरलाई डिजिटल माध्यम मार्पmत आफ्ना ग्राहकहरुसम्म पु¥याउने निधो गरेको छ ।
बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल क्यालेन्डर इमेल र भाइबर मार्फत प्रदान गर्ने व्यवस्था समेत गरेको छ । लकडाउन र घरैबाट सेवा प्रवाह गरिहेको अवस्थालाइ मध्यनजरमा राखी उक्त क्यालेन्डर बंैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र व्यवस्थापन समितिका सदस्यहरुले भिडियो कन्फ्रेन्स मार्फत सार्वजनिक गरेका थिए ।
बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको सुरक्षा र सहज्तालाई प्राथमिक्ता दिदैं आएको र आउने दिनहरुमा पनि दिदैं जाने जनाएको छ ।
सर्वसाधारणले क्यालेन्डर बैंकको बेवसाइट https://www.sunrisebank.com.np/assets/backend/uploads/Sunrise%20Bank%20Calendar%202077_%20April%202_Final.pdf
वाट हेर्न र डाउनलोड गर्न सकिने छन् ।

प्रतिक्रिया