बुधबार, वैशाख १२, २०८१

मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराजद्धारा शुभकामना व्यक्त

नेपालखोज २०७७ वैशाख १ गते २०:१८

काठमाडौं । मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले आम नेपाली दाजुभाईप्रति नयाँ वर्षको २०७७ को शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा रेग्मीले विज्ञानले पनि नदेखेको र नबुझेको कोरोनाको महामारीले विश्वलाई नै शिथिल र किकर्तव्यविमुढ तुल्याईरहेको र त्यसबाट सवैभन्दा बढी विपन्न बर्ग र श्रमिक बर्गहरुले दोहोरो मार खेग्मी परेको बताएका छन रेग्मीको शुभकाममा सन्देशमा उल्लेख गरिएको छ ।
एकातिर कोरोनाको त्रास अर्कोतिर कसरी जुटाउने गास सुरक्षित बास भन्दै उनले यस संकटको घडीमा सरकारले जति सक्दो अझ प्रभावकारी ढंगले परीक्षणको दायरा बढाउने र चिकित्स सेवा तथा विपनन बर्गालाई रहत उपलब्ध गराउने दायित्व पूरा गर्नु सरकारका लागि चुनौती र अवसर समेत भएको बताएका छन् ।
पूर्व अध्यक्ष रेग्मीले जारी गरेको शुभकामना सन्देशमा नागरिक सवैले सरकारले अवलम्वन गरेको नीति अनुसरा गरी कोरोनासँग लड्न एकजुट हुनुको विकल्प नरहेकोले एकले प्रासले मात्र लड्न असंभव देखिएकोले यो महामारीलाई सामुहिक प्रयासले परास्त गर्न सफल हनु आग्रह समेत गरेका छन् ।
साथै शुभकामना सन्देश मार्फत नयाँ वर्ष २०७७ मा कोरोनालाई परास्त गर्न सफलता प्राप्त गर्दै सुस्वास्थ्य एवं समृद्धिको यात्रा अघि बढाउने सक्षम हौ भन्दै सम्पूर्ण नेपालीहरुप्रति शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया