शनिबार, वैशाख १५, २०८१

खडेरीको कारण मकैका विरुवा मर्न थाले

नेपालखोज २०७७ वैशाख २ गते १५:४७

उदयपुर । मकैको विरुवा मर्न थालेपछि उदयपुरको गाईघाटका कृषक चिन्तित बन्न थालेका छन् । मकै गोड्ने बेला सुरु हुनै लाग्दा खडेरी सुरु भएर स–साना विरुवा मर्न थालेपछि कृषक चिन्तित बन्न थालेका हुन् । त्रियुगा नगरपालिका १५ खाँबुका कृषक जयबहादुर पुलामी मगर भन्छन्,“गत बर्ष पनि चैत्रदेखि खडेरी लागेर मकैबाली सबै मरेर नष्ट नै भएको थियो,यस पटक पनि मकैबाली त लगाइयो,तर झनै खडेरी लागेर एकझर पानी समेत नपर्नाले फेरी उम्रदै गरेको मकैको बीरुवाहरु मर्न थाल्यो,गत बर्षकै जस्तो दशा भोग्न पर्ने हो की भन्ने चिन्ता लाग्न थालेको छ ।”

मकैबाली लगाउने कार्य सम्पन्न भएर मकै गोड्ने बेला भएपनि अहिलेसम्म एक झर पानी नपरेको कारण र झनै दिनानुदिन खडेरी लाग्दै जान थालेपछी आफुहरुले लगाएको मकैको विरुवा मर्न थालेको त्रियुगा नगरपालिका १६ चिलाउनेका कृषक अम्बरबहादुर राईको गुनासो छ ।

यस्तै जिल्लाको उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका,मध्य पहाडी क्षेत्रको रौतामाई तथा उदयपुर गढी गाउँपालिका र पश्चिमि पहाडी क्षेत्रको ताप्ली गाउँपालिकामा पनि खडेरी बढ्दै गएपछि भखैरै उम्रन लागेर गोड्ने बेला हुन लागेको मकैको विरुवा मर्न थालेको सम्बन्धित क्षेत्रका कृषक बताउँछन् ।
लिम्चुङबुङ गाउँन्पालिका ५ जाँतेका कृषक झण्डबहादुर कार्कीले गत बर्ष पनि खडेरीको कारण मकै तथा कोदो स्वाहा भएको र यस बर्ष बल्ल मकै बाली लगाएर बीरुवा उम्रेर गोड्ने समय हुन लागेपछी खडेरी सुरु भएको कारण विरुवाहरु मर्न थालेको गुनासो गरे ।

मकैको विरुवा उम्रेर गोड्ने बेला भएको तर अहिले सम्मपानी नपरी कडा खडेरी भएको कारण यस्तो अवस्थामा मकैको विरुवा गोड्दा झनै मकैको विरुवा मर्ने अवस्था आउने यसक्षेत्रका कृषक बताउँछन् । गढी गाउँपालिका ५ डुम्रेका कृषक बमबहाुर मगरका अनुसार गत बर्षको खडेरीले मकैबाली स्वाहानै भएको र गाउँघरमा मकैको बीउ समेत नरहेको बेला बल्ल अन्यत्रबाट यसपटक मकैको बीउहरु ल्याएर मकै छर्ने कार्य सकियो भने भर्खरै मकै उम्रेर अब गोड्ने बेलामा फेरी खडेरी पर्न थालेको कारण फेरी गत बर्षकै जस्तो दशा दोहोरिने चिन्ताले सताएको मगर बताउँछन् ।

जिल्लामा गत बर्ष चैतदेखि भदौ असोज सम्म लागेको लामो खडेरीको कारण मकैबाली र कोदो बाली दुबै डढेर नष्ट भएको थियो भने यस पटक कृषकहरुले गाउघरमा मकैको बीउ समेत नहुँदा अन्यत्र बाट मकैको बीउ ल्याएर मकैबाली लगाएपनि फेरी खडेरी सुरु भएपछि यस पटक पनि खडेरीको कारण मकैबाली गुमाउनु पर्ने अबस्था आउन लगेको भन्दै अधिकांश कृषक चिन्तत बन्न थालेका छन् ।

प्रतिक्रिया