शनिबार, वैशाख २९, २०८१

वडाध्यक्षको निधन

नेपालखोज २०७७ वैशाख ४ गते १५:१५

सुनसरी । सुनसरी इटहरी उपमहानगरपालिका–१ का वडाध्यक्ष विष्णुलाल चौधरीको ५५ वर्षको उमेरमा पित्तथैलीको क्यान्सरबाट गए राति निधन भएको छ । चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरी बसेको अवस्थामा उहाँको निधन भएको परिवार जानकारी दिएका छन् । उनी नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित थिए ।

काँग्रेसका पूर्वजिल्ला सदस्यसमेत रहेका उनको आज इटहरीको बुढी गङ्गा मुक्ति घाटमा दाहसंस्कार गरिएको काँग्रेस सुनसरीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिए । यसअघि चौधरीको पार्थिव शरिरमा काँग्रेस जिल्ला सभापति तथा एक नम्बर प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, सङ्घीय सांसद सिताराम मेहता तथा नेता मणिराम श्रेष्ठ लगायतकाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

प्रतिक्रिया