शुक्रबार, चैत १६, २०८०

थुनुवा र प्रहरीको ¥यापिड टेष्ट रिपोर्ट नेगेटिभ

नेपालखोज २०७७ वैशाख ६ गते १५:४२

जुम्ला । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवा सहित प्रहरीको ¥यापिट डायग्नोष्टिक जाँच गरिएको छ । जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको चिकित्सक टोलीले सो जाँच गरेको हो ।
तीन थुनुवा र चार प्रहरीको सो जाँच गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए । उनले भने, “त्यसैगरी क्वारेन्टाइनमा बसेका हिमा गाउँपालिकाका दुईजना र तिला गाउँपालिका दुईजना स्वास्थ्यकर्मीको पनि ¥यापिड टेष्ट गरिएको थियो । उनीहरुको पनि रिपोर्ट नेगेटिभ आयो । ”

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बाहिर ड्युटीमा खटिने प्रहरीको अवस्था के छ भनेर सो जाँच गरिएको जानकारी दिए। उनले भने, “सबैजनाको रिपोर्ट नेगेटिभ देखाएका छ । अहिले सबै प्रहरी सुरक्षित नै छौँ । ”

यसअघि रारालिही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पनि ¥यापिड डायग्नोष्टिक टेष्ट गरिएको थियो । उनको पनि रिपोर्ट नेगेटिभ नै आएको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए ।

प्रतिक्रिया