बिहीबार, पुष ३, २०८२

सरकारी गाडी दुर्घटनापछि खुल्यो बागमती प्रदेश योजना आयोगका कार्यवाहक उपाध्यक्षको कर्तुत, महिला कर्मचारी लिएर के अनुगमन गर्न गएका थिए ?

नेपालखोज २०७७ वैशाख ७ गते १५:४६

काठमाडौं । लकडाउनका अवस्थामा पदको दुरुपयोग गर्दै महिला कर्मचारी वोकेर घुमिरहेका बागमती प्रदेश योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम बस्नेत फन्दामा पर्ने भएका छन् । लकडाउनको नियम उल्लंघन गर्दै सरकारी सवारी दुरुपयोग गर्दै मनलाग्दीसँग हिडेका बस्नेतले चलाएको सरकारी गाडी दुर्घटना भएपनि उनको कर्तुत सार्वजनिक भएको हो ।

नेपाल प्रहरीले लकडाउनका समयमा अत्यावश्यक काममा सवारी चलाउने अनुमति पत्र दिएको भएपनि कतिपय तत्काल अनुमति पत्र लिन नसकेका कारण सवारी चलाउँदा २ हजार सवारी साधन कार्वाही परेका छन् । तर लकडाउनका समयमा सरकारी सवारी साधन कसरी दुरुपयोग भईरहेको छ भन्ने तथ्य बागमती प्रदेश ३–०३ –००१ झ ०००३ नम्बरकोे सरकारी गाडी मकवानपुरको कैलाश ९ सागीनेको आरोलोमा दुर्घटना भएपछि पुष्टि भएको छ । दुर्घटना भएको सवारी लकडाउनको उल्लंघन गर्दै सरकारी गाडी दुरुपयोग गरेर प्रहरीले पुष्टि गरेको छ ।

दुर्घटना भएको सरकारी गाडी प्रदेश योजना आयोगका कार्यवाहक उपाध्यक्ष आफैले हाँकेका थिए । महिला कर्मचारी लिएर काठमाडौंबाट हेटौडा हिँडेका बस्नेतले अहिले नक्कली ड्राईभर खडा गरेर दुर्घटना भएको पुष्टि गर्ने प्रयास गरेका छन् । दोलखा घर भएका बस्नेतलाई लकडाउन भएको अवस्थामा महिला कर्मचारी वोकेर हिड्दा सरकारी गाडी दूर्घटना भएपछि कार्वाही हुने डरले बागमती प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश ढुँगेलको सहयोगमा नक्कली ड्राइभर खडा गरिएको श्रोतले बताएको छ । बस्नेतले आफू जोगिन कृषिको अनुगमन गर्न हेटौडा निस्किएको नक्कली बयान दिएका छन् ।

बस्नेतले आफूसँगै लिएर गएकी महिलाको व्यक्तिगत गोपनीयताका कारण नाम भने सार्वजनिक गरिएको छैन । लकडाउनको अवस्थामा कुनै पनि व्यक्तिलाई घरबाट बाहिर निस्कन सरकारले रोक लगाएको बेला महिला कर्मचारी वोकेर कृषिको अनुगमन गर्न गएको भन्ने बस्नेतलाई सरकारी सम्पत्ति दुरुपयोग एवं लकडाउन नियम उल्लंघ गरेको आरोपमा कार्वाही गर्न माग गरिएको छ । विगतमा पनि एमाले जिल्ला कमिटी दोलखामा रहँदा विवादमा आएका थिए । अहिले उनलाई जोगाउनका कैलाश ढुँङेल लागि परेका छन्, उनी रामेछापका प्रदेश सांसद भएका कारण बस्नेतलाई जोगाउन लागि परेका हुन् ।

लकडाउनका बेला महिला कर्मचारीलाई वोकेर अनुगमन गएको भन्ने बस्नेतको भनाईप्रति सर्वत्र शंकाको दृष्टिकोणले हेरिएको छ । बस्नेतलाई प्रदेश सरकारले तत्काल कार्वाही गर्नु पर्ने अन्य कर्मचारीहरुले माग गरेका छन् । उनी सम्पदा नामक मासिक पत्रिकाका प्रकाशक पनि हुन् ।

प्रतिक्रिया