शुक्रबार, चैत १६, २०८०

प्रवासीका नियात्रा र गजल सङ्ग्रह प्रकाशन गरिने

नेपालखोज २०७७ वैशाख ९ गते १५:०१

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिले प्रवासी नेपाली लेखकका कृति प्रकाशन गर्ने भएको छ । ‘भिडियो कन्फ्ररेन्स’मार्फत बसेको समितिको बैठकले पहिलो चरणमा गैरआवासीय नेपालीका संस्मरण र नियात्रा तथा गजल सङ्ग्रह प्रकाशन गर्ने निर्णय गरेको हो । बैठकले प्रवासमा नेपाली भाषा र साहित्य प्रवद्र्धन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यलाई बढावा दिने निर्णयसमेत गरेको समितिले जनाएको छ ।

गैरआवासीय नेपाली लेखकको अभिलेख सङ्ग्रह तयार पार्ने, गैरआवासीय नेपाली साहित्य पुरस्कार कोष स्थापना गर्न छलफल अगाडि बढाउने, समितिको प्रकाशन तथा कार्यक्रमको कार्यतालिका तयार गर्ने र अनलाइन साहित्यक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको समितिका संयोजक हिक्मत थापाले जानकारी दिए। बैठकले कोभिड–१९ बाट ज्यान गुमाएका गैरआवासीय नेपालीप्रति श्रद्धान्जली व्यक्त गर्दै विरामीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

प्रतिक्रिया