सोमबार, जेठ ७, २०८१

डा. अशोक थापाको ‘सन्तापको धून’लोकार्पण

नेपालखोज २०७९ भदौ १८ गते १३:४३

कथाकार डा.अशोक थापाको नवप्रकाशित कथासंग्रह ‘सन्तापको धून’ काठमाडौँमा एक विशेष समारोह बीच लोकार्पण भएको छ । प्रमुख अतिथि तथा अतिथिहरू प्रा.डा. गोविन्दराज भट्टराई, प्रा. डा. खगेन्द्र लुईंटेल, डा. ज्ञानु पाण्डे, डा.नेत्र एटम तथा स्रष्टाद्वारा सामूहिक लोकार्पण गरिएको हो ।

डा. ज्ञानु पाण्डे र डा. नेत्र एटमले कृतिमाथि आ-आफ्ना धारणा राखेका थिए । डा.पाण्डेले भने, ‘धून धेरै किसिमका हुन्छन् धुनहरूमा हामीले आनन्द लिन सक्नुपर्छ । हरेक किसिमका धुनहरूले जीवनलाई घेरेको छ ।’ सन्तापको धून प्रतिकारात्मक पुस्तक रहेको र निकै पठनीय पुस्तक भएको बताए ।

साथै कथाभित्रका पङ्क्तिहरू हृदय छुने किसिमका रहेको उनले जिकिर गरे । यस्तै डा. नेत्र एटमले भने, ‘दुःखमा अन्त्य भएका कुराहरूले धेरै पछिसम्म छोइरहन्छ भने सुखमा अन्त्य भएका कुराहरू बिस्तारै हराउँछन् । कथाभित्र सन्त्रास तथा सन्तापको धून छ ।’ कथा सङ्ग्रह निकै मर्मस्पर्शी, यथार्थवादी रहेको एटमले बताए ।

कथाको शिल्प कलात्मक रहेको छन् । सैद्धान्तिक स्वरुप अनुसार कथामा लोक वैचारिकता र निबन्धको संयोजन रहेको हुन्छ । डा.थापाका कथामा सामाजिक यथार्थता रहेको उनले बताए । कार्यक्रम आज नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो ।

प्रतिक्रिया