प्रेस ज्याकेट तथा स्वास्थ्य सामग्री वितरण
कञ्चनपुर । कोरोना भाइरस सङ्क्रमणको जोखिमका बेला पनि आम नागरिकलाई सु–सूचित गर्न निरन्तर समाचार सङ्कलनमा खटिएका कञ्चनपुरका २५ सञ्चारकर्मीलाई मङ्गलबार प्रेस ज्याकेट तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।
कञ्चनपुरस्थित कुमार श्रेष्ठ निर्माण सेवा र भीमदत्तनगरपालिका—१ का वडाध्यक्ष आसेफ कुवँर ९भुन्टू० को सहयोगमा उनीहरुलाई उक्त सामग्री वितरण गरिएको हो ।
नेपाल—भार खुल्ला सीमानाकामा यहाँका टेलिभिजन, रेडियो, अनलाइन र राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाका सञ्चारकर्मीहरु जोखिम मोलेर भएपनि समाचार सङ्कलन गरिरहेका छन् । “अन्य ठाउँका सञ्चारकर्मीहरुका लागि सेनिटाइजर, मास्क, प्रेस ज्याकेट दिएर थप हौसला प्रदान गरिएको देखे”, राससकर्मी सिंहले भन्नुभयो, “यहाँका सञ्चारकर्मीलाई पनि स्वास्थ्य सजगता अपनाउन सहयोग पुगोस भनेर ती सामग्रीहरु प्रदान गरिएको हो ।” प्रदान गरिएको सामग्रीमा प्रेस ज्याकेट, सेनिटाइजर, मास्क र गोल्वस रहेका छन् ।
कञ्चनपुरमा कोरोना भाइरस जोखिम नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई विभिन्न निकाय तथा दाताहरुले स्वास्थ्य सामाग्री उपलब्ध गराउँदै आएका छन् ।
–––
प्रतिक्रिया