आइतबार, असार ८, २०८२

सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री

नेपालखोज २०७७ वैशाख ९ गते १८:३८

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिन्धुपाल्चोक जिल्लाका ७३ वटा स्वास्थ्य संस्थामा कोभिड–१९० परीक्षण र रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।

पहिलो चरणमा आज जिल्लाका आठवटा स्थानीय तहका ५४ वडाका ७३ स्वास्थ्य संस्थाका लागि स्थानीय विपद् व्यबस्थापन समितिमार्फत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

वितरित सामग्रीमा हरेक स्वास्थ्य एकाइका लागि पिपिई सेट, थर्मल गन, सानिटाइजर, एन–९५ मास्क, पञ्जा, बुटलगायतका सामग्री छन् । भोटेकोशी गाउँपालिका, बाह्रविसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र लिशङ्खुपाखर गाउँपालिकाका स्वास्थ्य एकाइका लागि ती सामग्री वितरण गरिएको छ । स्वास्थ्य सामग्री नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य माधव सापकोटाले नगर तथा गाउँपालिकाका प्रमुखलाई हस्तान्तरण गरे ।

सबै स्वास्थ्य सामग्रीको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ चिकित्सकबाट प्रमाणित गरिएको केन्द्रीय सदस्य सापकोटाले बताए।

प्रतिक्रिया