शुक्रबार, वैशाख १४, २०८१

अलपत्र परेका नागरिकलाई राहत

नेपालखोज २०७७ वैशाख १२ गते १७:३१

जुम्ला । कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण आफ्नो गृह जिल्लामा पुग्न नसकेर अलपत्र परेका नागरिकलाई जुम्लाका युवा स्वयं सेवक समूहले राहत प्रदान गरेको छ ।

नुवाकोट जिल्ला विदुर नगरपालिका—१ त्रिशुलीका रविन तामाङ र सुरेन्द्र तामाङलाई २५ किलो चामल, २ किलो दाल, २ पाकेट तेल र रु एक सयको रिर्चाज कार्ड राहत स्वरुप प्रदान गरेको समूहका बालकृष्ण बुढाले बताए । त्यसैगरी समूहले भरतपुर महानगरपालिका–२७ चितवनका जयबहादुर कुमाल र भिष्म महतालाई तातोपानी गाउँपालिका—२ की सत्यदेवी डाँगीले आश्रय दिदै आएका छन् । उनीहरुलाई पनि २५ किलो चामल, दुई किलो दाल, दुई प्याकेट तेल र रु एक सय रिर्चाज कार्ड उपलव्ध गराएको उनले बताए।

प्रतिक्रिया