बिहीबार, वैशाख १३, २०८१

लकडाउनका बेला ठूला व्यापारी गैरकानूनी विटक्वाइनको प्रयोग बढाउँदै

नेपालखोज २०७७ वैशाख १३ गते ११:२५

– सुवास शर्मा

विश्व डिजिटल प्रविधि तर्फ अगाडि बढिरहेको छ । जसका कारण ब्रम्हाण्डलाई एकै ठाउँबाट जाँच्न सकिने अवस्थाको सिर्जना पनि भयो । परम्परागत रुपमा रहेको बस्तुगत मुद्रा अर्थात बस्तु एक आपसमा साटासाटा गरेर आफ्नो आवश्यकता पूरा गर्ने प्रचलन विस्थापित भई कागजी नोट हुँदै हामी यतिखेर डिजिटल कार्डको दुनियाँमा पुगिसेका छौं ।

यही सेरोफेरोमा रहेर प्रविधिको प्रयोगलाई कतिपयले गलत ढंगले पनि गरेको देखिन्छ । सहि सदुपयोग नगर्दा प्रविधिमाथि विश्वासको संकट पनि पर्दै गईरहेको छ । पछिल्लो समयमा ह्याकरहरुले गरेका गलत कार्यले विभिन्न खाले तरंग उठिरहेका पनि छन् ।

यद्यपी विटक्वाईनको कारोबार पछिल्लो समयमा बढ्दै गईरहेको देखिन्छ । तर यो कारोबार नेपाल बंगलादेश, चीन, भियतनाम इक्वेडरमा अवैध मानिएको देखिन्छ ।

के हो विटक्वाइन ?

इन्टरनेट एवं सामाजिक सञ्जाल मार्फत पैसाको कारोबार गरिनुलाई विटक्वाईन भन्ने गरिन्छ । अर्थात विटक्वाइन एक किसिमको ईन्टरनेट मुद्रा हो जसलाई कुनै पनि देशको कागजी नोटको विकल्पमा प्रयोग गरिन्छ । यसलाई क्रिप्टोकरेन्सी पनि भनिन्छ ।

यो भनेको तपाईले कुनै १ हजार पर्ने सामान किन्नुभयो भने त्यो पैसा होईन त्यतिनै बराबरको विटक्वाइन दिनसक्नुहुने छ । अहिले ईन्टरनेटमा हजारौं यस्तो मुद्राहरु छन् जो सिमित व्यक्तिले कुनै पनि पैसाको विकल्पमा प्रयोग गर्न सक्छन् ।

डिजिटल प्रविधि मार्फत गरिने भुक्तानी विट र ग्राभिटी क्याईनको प्रयोग हुने गर्दछ । यसका लागि विश्वमा ११ सयभन्दा बढी प्रकारका डिजिटल कार्डको प्रयोग हुने गरेको विभिन्न तथ्यहरुले देखाउँछन ।

कसरी हुन्छ कारोबार ?

विटक्वाईनका सदस्यहरुले इन्टरनेट मार्फत क्वाइन खरिद गर्दछन् । क्वाइनको मुल्य सोहि दिन निर्धारित दर अनुसार खरिद गर्नुपर्ने हुन्छ । किनिएको क्वाईनलाई वैध रहेका देशहरुमा पैसाकै अर्थात एटिएम कार्डकै रुपमा प्रयोग गर्न सकिन्छ ।

नेपालमा पनि यसरी कारोबार गर्नेहरु पनि भेटिन्छन् । अझ लकडाउन जस्तो समयमा राज्यको ध्यान अन्यत्र केन्द्रित भईरहेका बेला यस्ता कारोबार बढ्ने गरेको छ । विशेष गरी ठूला व्यापारीहरुले यस्तो काम गरेको देखिन्छ ।

यो स्वदेशी पुँजीलाई अवैध रुपमा गरिएको कारोबार हो । यसबाट राज्यलाई कर छल्न सजिलो हुने गर्दछ । क्वाइन किन्दा नेपाली रकम खर्चिने तर क्वाईनको प्रयोग अन्तराष्ट्रिय बजारमा हुने हुनाले कर छलि गर्न ठूला व्यापारीहरुलाई यसले सहज गराईरहेको छ ।

नेपाल राष्ट्रबैंक ऐन २०५८ अनुसार विटक्वाईनको कारोवारलाई गैरकानुनी कार्य भनिएको छ । २००९मा सातोसी नाकामोतो विटक्वाइनको कारोवार शुरु गरेका देखिन्छ भने नेपालमा २०१३ बाट शुरु भएको विटक्वाईनको २००९ मा मुल्य १० सेन्ट रहेको र अहिले चार हजार ३ सय ९३ डलर पुगेको छ ।

केही शक्तिशाली राष्ट्रहरुले गरेको प्रतिबन्धको वाबजुत पनि विटक्वाइनले दिनानुदिन मुल्यको बृद्धि भईरहेको रेकर्ड देखिन्छ । अहिले एक विटक्वाईन बराबर करिब ११ लाख रुपैयाँ मुल्य पुगिसकेको इन्टरनेट मुद्राको मुल्य दिन दुईगुणा रात चार गुणाको दरले बृद्धि भइरहेको छ । विश्वभर लडडाउनको मौकामा नेपाल ठूला व्यापारी पनि यही कारोबारमा रहेको आशंका गरिएको छ ।

प्रतिक्रिया