कोरोना अस्पतालमा अख्तियारको छापा, महत्वपूर्ण कागजातहरु नियन्त्रणमा
नेपालखोज
२०७७ वैशाख १६ गते १७:४६
चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र भरतपुर महानगरपालिकाको महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।
मंगलबार कोरोना अस्पतालमा छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो । टोलीले कोरोना अस्पताल सम्बन्धित महत्वपूर्ण कागजातहरु भरतपुर महानगरको स्वास्थ्य शाखाबाट समेत जफत गरेको बताइएको छ । कोरोना विशेष अस्पतालका विभिन्न सामग्री कर्मचारीले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियारले छापा मारेको हो ।
कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ । यस अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया