आइतबार, असार ८, २०८२

ओलीको नेतृत्वको सरकारले शासन गर्ने राजनैतिक एवं नैतिक आधार गुमाएयो : कांग्रेस

नेपालखोज २०७७ वैशाख १८ गते ८:४०

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने राजनैतिक र नैतिक आधार गुमाएकोे आरोप लगाएको छ ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकपछि कांग्रेसले भनेको छ, मुलुक कोभिड–१९ को गम्भीर जोखिममा रहेका बेला मेडिकल सामग्री खरिदमा समेत भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण विषय हो ।’ भन्दै सरकारले सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर गर्ने, नेपालको संविधानका मूलभूत भावनालाई भत्काउने कार्यमा निरन्तर लागेको र एकपछि अर्को भ्रष्टाचारमा मुछिएको कांग्रेसको आरोप समेत लगाएको छ ।

कांग्रेस वैठकमा विवादास्पद दुई अध्यादेश ल्याउनु, राजनैतिक दल विभाजन गर्ने कार्यमा सरकार स्वयं संलग्न भई सांसदलाई अपहरण गर्नु, सरकारको आलोचना गर्नेहरूलाई पक्राउ गर्नु जस्ता कार्यले सरकार निरंकुशतातर्फ अग्रसर भएको प्रष्ट भएको कांग्रेस वैठकले ठहर समेत गरेको छ । सरकारका क्रियाकलापले जनताको अभिमतको घोर उपेक्षा र अपमान गरेको भन्दै कांग्रेसले भनेको छ, नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले शासन गर्ने राजनैतिक एवं नैतिक आधार गुमाएको ठहर यो बैठक गर्दछ ।’

प्रतिक्रिया