नेकपा नेता र नेपालका लागि चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

नेपालखोज २०७७ वैशाख १९ गते १४:०१

काठमाडौँ । नेकपा नेताहरु र नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीबीच भेटवार्ता भएको छ । शुक्रबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग राजदूत यान्छीले भेटवार्ता गरेकी हुन् ।

दाहालसँग उनकै निवास खुमलटारमा भएको भेटमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै थप सहयोगका लागि आग्रह गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

दाहाललाई भेटेपछि राजदूत यान्छीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि नेपाल निवास कोटेश्वर पुगेर भेट गरेकी छन्।

नेकपा विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपाल र यान्छीबीच दुई देशबीचको सम्बन्धबारे छलफल भएको नेपालको सचिवालयले जनाएको छ।

प्रतिक्रिया