खुमन र प्रीतिको ‘लकडाउनको दोहोरी’ सार्वजनिक
नेपालखोज
२०७७ वैशाख २२ गते १६:२४
काठमाडौं । गत चैत्र ११ गते सरकारले देशव्यापी रुपमा घोषणा गरेको लकडाउनमा समयमा कलाकारहरुले पनि दर्शक तथा श्रोताहरुलाई मनोरन्जन गराइरहेका छन् ।
लकडाउनको ४१ औं दिनसम्म आइपुग्दा घरभित्रै बसेर फुर्सदिला भएका आफ्ना दर्शक तथा स्रोताहरुलाई कलाकारहरुले मनोरञ्जन दिलाउँन मुख्य भूमिका खेलेका छन् । यस्तैमा गायक खुमन अधिकारी र प्रीति आलेले दर्शक तथा श्रोताका लागि भन्दै लोक दोहोरी गीत ‘लकडाउनको दोहोरी’ सार्वजनिक गरेका छन् ।
माधव न्यौपानेको शब्द तथा खुमनकै संगीत रहेको गीतको भिडियो समेत निर्माण गरिएको छ । भिडियोमा राजेश हमाल, कोमल वली, शंकर विसी, श्रृष्टि खड्का, खुमन अधिकारी, अन्जली अधिकारी, रीना थापा लगायत दजर्न बढी कलाकारको अभिनय समेटिएको छ ।
वित्रलम चौहानको निर्देशन रहेको भिडियोमा माधव न्यौपानेको कोरियोग्राफी, तथा राजेश कुमारको सम्पादन छ ।
सम्बन्धित
प्रतिक्रिया