कर्णाली प्रदेश ७ दिनका लागि सिल गर्ने निर्णय

नेपालखोज २०७७ वैशाख २२ गते १६:५७

सुर्खेत । हालसम्म कोरोना भाइरस संक्रमण नदेखिएको कर्णाली प्रदेशमा ७ दिनका लागि सिल गर्ने निर्णय भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

छिमेकी प्रदेश सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि यस्तो निर्णय गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रतिक्रिया