बिहीबार, वैशाख १३, २०८१

कोरोना : प्रदेश नं २ का आठ जिल्ला रेडजोनमा

नेपालखोज २०७७ वैशाख २३ गते १४:३९

काठमाडौँ । सङ्घीय सरकारले कोरोना सङ्क्रमण फैलन सक्ने खतराका दृष्टिले प्रदेश नं २ का आठ जिल्लालाई अति जोखिमपूर्ण ९रेडजोन० क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारीरुपमा अगाडि बढाएको छ ।

कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको यो प्रदेशको आठवटै जिल्लामा लकडाउनलाई प्रभावकारीरुपमा लागू गरी सीमा सतर्कता बढाइएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी निरीक्षक तिलक सुनारले बताए ।

भारतीय सीमासँग जोडिएको प्रदेश नं २ का आठ जिल्लाको लम्बाइ ४२८ किलोमिटर छ । सो क्षेत्रमा ३२९ वटा चेक प्वाइन्ट खडा गरी सीमा क्षेत्रको आउजाउमा व्यापक कडाइ गरिएको छ । खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रदेश नं २ प्रहरी कार्यालयले सीमानाकामा चेक प्वाइन्ट खडा गरी निगरानी बढाएको हो । लकडाउनलाई सफल पार्न प्रहरीले कडाइ गरेपछि सामाजिक दूरी कायम गर्नेमा सुधार हँुदै आएको प्रदेश नं २ प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया