शुक्रबार, वैशाख १४, २०८१

सिराहा बम विस्फोट अपडेट : गोइत समूहले लियो विस्फोटको जिम्मा (विज्ञप्तिसहित)

नेपालखोज २०७७ चैत १ गते १७:१९

काठमाडौं । आइतबार मध्याह्न सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी)ले लिएको छ ।आइतबार अपराह्न विज्ञप्ति जारी गर्दै गोइत समूहले विस्फोटको जिम्मा लिएको हो ।

विष्फोट भएको स्थानमा पनि उक्त समूहको पर्चा भेटिएको थियो । विस्फोटमा परी ७ जना घाइते भएका छन् । घाइतेमध्ये धनगढीमाई नगरपालिका–४ का ३८ वर्षीय दिनेश भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

विस्फोटमा परी मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका–१३ का भोलाबहादुर मगर, गोलबजार नगरपालिका–६ का लक्ष्मी राना, बेचनी मगर, सिरहा नगरपालिका–१६ का लालबहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रिनारायण यादव, धनगढीमाई नगरपालिका–४ का दिनेश भण्डारी घाइते भएका छन् ।

यो पनि

सिराहा बम विस्फोट अपडेट : घटनास्थलमा गोइत समूहको पर्चा फेला

सिराहाको मालपोत कार्यालयमा बम विस्फोट, पाँच घाइते

गोइल समूहका ‘सेकेण्ड म्यान’ यादवले आत्मसमर्पण गरेको दुई घण्टापछि मालपोतमा विस्फोट

प्रतिक्रिया