बुधबार, असोज २३, २०८१

गौहत्याको आरोपमा रुपन्देहीमा ३ जना पक्राउ

नेपालखोज २०७७ वैशाख २५ गते १३:५३

रुपन्देही । गाई काटेर खाएको आरोपमा प्रहरीले रुपन्देहीमा तीन जनालाई पक्राउ गरेको छ । देवदह नगरपालिका १० भलुहीबाट उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

स्थानीय ज्ञानबहादुर केसीले पाल्नका लागि रामप्रसाद पराजुलीलाई दिएको गाई र बाच्छी हराएपछि घटना बाहिर आएको हो ।

रामप्रसाद पराजुली, सुकबहादुर परियार र प्रदिप पुनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) भिमलाल भट्टराईले बताउनुभयो । गाई काट्ने र खाने कार्यमा उनीहरूको संलग्नता भेटिएकाले पक्राउ गरिएको प्रहरीले बताएको छ ।

हराएको गाई र बाच्छी खोज्दै जाँदा रोहिणी सामुदायिक वनमा खाल्डो खनेर एउटामा माउ गाई र अर्को खाडलमा बाच्छीको टाउको, खुट्टा आदि फेला परेको थियो ।

प्रतिक्रिया