तत्काल राहत प्याकेज ल्याउन व्यवसायीको माग

नेपालखोज २०७७ वैशाख २५ गते १८:४१

काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) नियन्त्रण र रोकथामका लागि जारी लकडाउनले धेरै उद्योगहरू बन्द हुने अवस्थामा पुगेको भन्दै तत्काल राहत प्याकेज ल्याउन व्यवसायीहरूले सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको विहिबार आज भएको बैठकमा उद्योगी व्यवसायीहरूले सरकारले अहिलेसम्म कुनै राहत प्याकेज नदिएकाले आगामी वर्षको बजेटमार्फत राहत प्याकेज घोषणा गर्न माग गरेका हुन् ।

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले पुनर्कर्जामा २ प्रतिशत ब्याज घटाउने भन्ने नोटिस ल्याइसिकेको र उक्त व्यवस्था स्वागत योग्य भए पनि अझ अपुग भएको बताए । उनले उद्योगी व्यवसायीहरूको मनोबल बढाउनका लागि पनि सरकारले छिट्टै राहत प्याकेज ल्याउनुपर्ने माग गरें ।

बैंकको ब्याजदर पाँच प्रतिशतमा ल्याउनुपर्ने, पुनर्कर्जा कोषलाई एक खर्ब र्पुयाई कर्जा पाउन सहज बनाइनुपर्ने, पुनर्कर्जाको समय अवधि ६ महिनाबाट २ वर्ष र्पुयाइनुपर्ने, साना तथा मझौला व्यवसायीलाई पनि पुनर्कर्जा उपलब्ध गराउनुपर्ने, ऋणको पुनर्ता्लिकीकरण गर्ने व्यवस्था हुनुपर्ने, पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगहरूले लकडाउनको अवस्थामा ५० प्रतिशत मात्र तलब भुक्तानी गरे हुने व्यवस्था गर्न व्यवसायीले माग गरेका छन् ।

प्रतिक्रिया