अख्तियारमा अनलाइन उजुरी दिनेको संख्या बढ्यो

नेपालखोज २०७७ वैशाख २६ गते १४:००

काठमाडौं । विश्व नै कोरोनाको कहरबाट गुज्रिरहेको विसम परिस्थितिमा पनि अपराधका घटनाहरुमा कमि आउँन सकेको छैन् । यसै अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइन उजुरी दिनेहरूको संख्या बढेको पाइएको छ ।

कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउन बेला पनि उजुरीमा कमी नआएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

इमेल, वेभसाईट, फेसबुक, भाइबर, ट्विटर, हटलाइन र टोलफ्री नम्बरबाट आयोगमा उजुरी गर्नेको संख्या बढेको हो । आयोगले कञ्चनपुर, सुर्खेत, नेपालगञ्ज, बुटवल, पोखरा, हेटौडा, बर्दीवास, इटहरी र टंगालस्थित कार्यालयबाट उजुरी लिने गरेको छ ।

गत आर्थिक वर्षमा सबै कार्यालयमा गरेर १६ हजार ९९७ उजुरी परेका थिए । जसमध्ये सबैभन्दा बढी टंगालस्थित प्रधान कार्यालयमा ९ हजार ८५५ उजुरी रहेको थियो ।

आर्थिक वर्ष २०७५÷०७६ मा प्रधान कार्यालयमा मासिक औसत ८२१ उजुरी परेका थिए । त्यहाँ यसपटक बैशाखको पहिलो दुई हप्तामै ५०० भन्दा बढी उजुरी परेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया