चीनबाट आइपुग्यो ३० हजार थान पिसिआर टेष्ट किट, १० हजार भोलि बिहान पुग्ने
नेपालखोज
२०७७ वैशाख २७ गते १६:२९
काठमाडौं । चीन सरकारले (कोभिड १९) को परीक्षणका लागि सहयोग गर्ने भनेको प्रयोगशाला परीक्षणका लागि आवश्यक पर्ने पिसिआर किट शनिबार आज काठमाडौंमा ल्याईएको छ ।
यसअघि चीन सरकारले आइतबारसम्म उपलब्ध गराउने भनेको ४० हजार पिसिआर किटमध्ये ३० हजार किट आइपुगेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।
सो किट बोकेको विमान चीनको छोङछिङजियाङबे अन्तर्राष्ट्रिय विमानस्थलबाट आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
चीन सरकारले सहयोगस्वरूप उपलब्ध गराउने भनेको ४० हजार पिसिआर किटमध्ये आज ३० हजार आएको र बाँकी १० हजार भोलि बिहान आइपुग्ने महानिर्देशक श्रेष्ठले बताए ।
सम्बन्धित
प्रतिक्रिया