दार्जुलामा दीर्घरोगीलाई निःशुल्क औषधि वितरण
नेपालखोज
२०७७ वैशाख २७ गते १६:५३
दार्जुला । लामो समयको बन्दाबन्दीका कारण अधिकांश ठाउँका दीर्घरोगीले समस्या भोगिरहेका बेला दार्चुलाको मालिकार्जुन गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गरेको छ ।
गाउँपालिकाभरिका आठवटै वडाका स्वास्थ्य चौकीमा पुगेर निःशुल्करुपमा दीर्घरोगीका बिरामी खोजी औषधि वितरण गरेको हो ।
गाउँपालिकाले आठवटै वडाका ४०६ घरधुरीलाई औषधि वितरण गरेको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
मालिकार्जुन गाउँपालिका स्वास्थ्य शाखाका अनुसार वडा नं १ मा ३५, वडा नं २ मा २१, वडा नं ३ मा ४४, वडा नं ४ मा १५, वडा नं ५ मा ८६, वडा नं६ मा ११५, वडा नं ७ मा २६ र वडा नं ८ मा ६४ जनालाई निःशुल्क औषधि वितरण गरेको स्वास्थ्य शाखा सहसंयोजक रामदत्त जोशीले जानकारी दिए ।
गाउँपालिकाले सुगर, प्रेसर, मुटु, मानसिक समस्या र बाथलगायत रोगको औषधि निःशुल्क वितरण गरेको हो ।
सम्बन्धित

प्रतिक्रिया