शुक्रबार, वैशाख १४, २०८१

नेपालको राजनीति, जनता र कोरोना

नेपालखोज २०७७ वैशाख २८ गते ६:४८

देश २०७६ चैत ११ बाट लकडाउन को अबस्थामा छ। बिकल्पै थिएन लकडाउन नगरी जनतालाई कोरोना (कोभिड-१९ ) बाट बचाउन सरकार सँग के गर्ने त। पकै पनि यही लकडाउन कै उपलब्धि मान्नुपर्छ कि नेपालीमा कोरोना बाट संक्रमितको सङ्ख्या धेरै छैन र समुदायमा नै फैलिएको छैन । यसै बिचमा बिभिन्न राजनीतिक घटनाक्रम पनि देख्न ,सुन्न पाइयो । एक हिसाबले भन्दा यो पुस्ता यदि धेरै भाग्यमानी छ कि कुन कुरामात्र बाँकी छ र भोग्न । जनआन्दोलन ,गणतन्त्रको स्थापना ,बिनासकारि भुकम्प ,दुई तिहाइ को सरकार र आज आएर कोरोना साथै राजनीतिक खिचातानी इत्यादि । बिच बिच मा आएका प्राकृतिक बिपत्तिले नेपालीका राजनेता भनाउदाको चुनावी घोषणा पुरा गर्नलाई दिएन भनेर बाहाना बाजि गर्न सहयोग गरेको पाइन्छ । कस्तो प्राकृतिक लीला पनि देशको राजनीति लाई सधैं साथ दिने ।

यदि प्रकृतिले साथ नदिएको भए यो दुई तिहाइ सरकारले चलिरहेको र अबको भविष्य पर्ने आर्थिक असहजता को पाटोलाई कसरी उखान टुक्का जोडि जनतालाई मख्ख पार्थे होला। देशका गरिब जनताको यो लकडाउन मा कसरी घर चलाउने भनेर सोच्नु पर्ने बेलामा सरकार चाई आफ्नो दुनो कसरी सोज्याउने भन्ने मा नै लागिपरेका झै भान हुन्छ । बिचरा जनता सरकारले हामीलाई सम्झेला , जिबन यापन सहज गर्देला , नयाँ नयाँ योजनाले कोरोना को माहामारि को परिस्थिति सहज बनाइदेला भनेर बस्छौं उता सरकार जनता भन्दा बिचरा देखिन्छ ।

कुन समयमा के गर्ने , कसरी गर्ने , कहाँ गर्ने भनेर सोच नपुर्‍याउनु आजको हाम्रो देशको राजनीति, जनता र कोरोनाको त्रिकोण अमिल्दो देखिएको भान हुन्छ । त्यसैले अब हुने लकडाउन सोच बिचार गरि सहि ढंगले अघाडि बढ्न सके यो अमिल्दो त्रिकोण सहजीकरण हुन राहत हुन्थ्यो कि।

(लेखक निर्माण ब्यवस्थापन मा स्नातकोत्तर गरेका इन्जिनियर हुन )

प्रतिक्रिया