अतिक्रमित भूमि फिर्ता गर : समाज
नेपालखोज
२०७७ वैशाख २९ गते १४:४६
काठमाडौँ । प्रजातान्त्रिक विचार समाजले कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा नेपालको भूमि अतिक्रमण गरी लिपुलेकसम्म भारतले निर्माण गरेको सडकको हालै उद्घाटन भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
लिपुलेक नेपाली भूमि रहेको ऐतिहासिक तथ्य र प्रमाण रहेको समाजले उल्लेख गरेको छ । समाजका अध्यक्ष डा केदारनरसिंह केसीले विज्ञप्तिमार्फत नेपालको भूमिक्षेत्र के कति मिचिएको हो र ती भूमि फिर्ताका विषयमा जानकारी दिन आज सरकारसँग आग्रह गरेको छ।
विज्ञप्तिमा दुई देशबीचको सीमा विवाद समाधान गर्ने उद्देश्यले दुईपक्षीय संयन्त्र बनाइएको भए पनि हालसम्म समस्या समाधानका विषयमा ठोस पहल नहुनु चिन्ताको विषय भएको समाजले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया