शुक्रबार, वैशाख १२, २०८२

३० जनाको कोरोना रिपोर्ट नेगेटिभ

नेपालखोज २०७७ वैशाख ३० गते १८:४१

बाँके । बाँकेको कोहलपुर नगरपालिकामा पहिलो पटक ३० जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ पहिलो पटक कोहलपुरमा वैशाख २८ देखि ३० गतेसम्म स्वाब संकलन गरी भेरी अस्पतालमा पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए ।

कोेहलपुर ४, ८ र ९ का धर्मगुरु तथा विदेशबाट आएका नागरिकको स्वाब संकलन गरिएको हो । स्वास्थ्य कार्यालय र नगर स्वास्थ्य शाखाको समूहले बेलनपुरमा आइतबार स्वास्थ्य शिविर सञ्चालन गरेर स्वाब संकलन गरेका थिए ।

प्रतिक्रिया