बिहीबार, वैशाख ६, २०८१

शेयर बजारमा आज पनि नेगेटिभ सर्किट

नेपालखोज २०७७ वैशाख ३१ गते १३:२८

काठमाडौं । शेयर बजारमा नेप्से परिसूचक दुई प्रतिशतले घटेपछि बुधबार आज पनि नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ ।

कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक ४० मिनेट नपुग्दै २ प्रतिशतले घटेर बन्द भएको हो ।

नेपाल धितोपत्र बोर्डले लकडाउनको बेलामा दिनको दुई घण्टा बजार खोल्न सक्ने र नेप्सेमा दुई प्रतिशतको उतारचढाव भए एक दिनका लागि कारोबार बन्द गर्ने व्यवस्था गरेको छ ।

सोही व्यवस्था अनुसार बुधबार आज पनि बन्द हुने समय अघि नै नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको हो ।

नेप्से परिसूचक २ प्रतिशत अर्थात २४ दशमलव ५८ अंकले घटेर १ हजार २ सय १ दशमलव ५७ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि २ दशमलव शुन्य एक प्रतिशतले घटेको छ ।

प्रतिक्रिया