प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय वैठक
नेपालखोज
२०७७ वैशाख ३१ गते १४:४५
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको दर ह्वात्तै बढ्दै जाँदा र लिपुलेकमा भारतले बनाएको सडकको विषय चर्को बन्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय वैठक आह्वान गर्नु भएको छ ।
बुधबार आज अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने गरी उनले सर्वदलीय बैठक बोलाएका हुन् ।
कोरोना भाइरस रोकथाम र न्यूनीकरणका लागि र लिपुलेकमा नेपालको सीमा मिचेर भारतले सडक बनाएको विषयमा सबै दलको साँझा धारणा बनाउने अभिप्रायले बैठक बोलाइएको बताइएको छ ।
छलफलमा पूर्वप्रधानमन्त्रीहरु पनि सहभागी हुने बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया