थप दुईजनाले आज कोरोना जिते
नेपालखोज
२०७७ वैशाख ३१ गते १८:२२
काठमाडौं । नेपालमा आज थप दुई जना कोरोना संक्रमित कोरोनालाई जितेर घर फर्किएका छन् । चितवन र बुटवलका अस्पतालबाटव बुधबार आज एक पुरुष र एक महिला डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
डिस्चार्ज हुनेमा चितवनकी ६३ वर्षीया महिला र बुटलवका २५ वर्षीय युवक छन् । भरतपुर अस्पतालमा उपचाररत महिलाको पछिल्लो दुई पटकको रिर्पोट नेगेटिभ आएपछि डिसचार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित व्रिफिङका क्रममा बताएका हुन् ।
उनी गत चैत ३ गते बेलायतबाट नेपाल आएकी थिइन्। यस्तै बुटवलका २५ वर्षिय पुरुष पनि ११ औँ दिनमा डिस्चार्ज भएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ३५ पुगेको छ । तर त्यसमध्य ३ जनाको पुनः कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका छन् ।
सम्बन्धित

प्रतिक्रिया