कोरोना त्रास साघुँटार बजार सिल
रामेछाप । आज (शुक्रबार) लकडाउनको ५३ औं दिन रामेछाप नगरपालिका – ३ स्थित साँघुटार बजार सिल गरिएको छ ।
साघुँटारको एक मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका मुकेश राउत लकडाउनको बिचमै स्थायी घर सर्लाही पुगेर बुधबार बेलुका साँघुटार आएका थिए । उनी कोरोना (कोभिड – १९ ) संक्रमण भएको क्षेत्रबाट बिना चेकजाँच यहाँ आएको कारण उनलाई वडा कार्यलयको निर्देशनमा होम क्वारेनटाइनम राखिएको छ । राउत साँघुटार फर्किए लगतै साथी भाइ र अन्य व्यत्तीको सम्पर्कमा गएको र चेकजाँच नगरी यहाँ आएको कारण अप्रिय स्थिति बन्न सक्ने भएको ले साँघुटारबजार सिल गरिएको हो । कोरोना परिक्षण सेवा उपलब्ध नभएको कारण राउतमा कोरोना संक्रमण भए नभएको पुष्टी भने भएको छैन् ।
साघुँटार बजार सिल भए पनि औषधीपसल, मेडीकल र भेटेनरी भने खुल्ला रहने छ । खाद्यान्न लगाएतका अन्य सामाग्री खरिद गर्नको लागि प्रत्येक दिन ९ देखी १२ बजे सम्म पसल खुल्ला गरिने भएको छ । साघुँटार प्रहरी चौकी, साघुँटार स्वास्थ्य चौकी, वडा कार्यालय र स्थानीय जानताको सहमतीमा साँघुटार बजार ५ दिनको लागि (६ गते सम्म ) सिल गरिने भएको हो । राउतमा कारोनो भए नभएको पुष्टीको लागि स्वाथ्य परिक्षण गर्न रामेछाप नगरपालिका सँग समन्वय गर्न वडा कार्यालयले तयारी गरेको वडाका कर्मचारी सन्तोष काफ्ले बताए ।


प्रतिक्रिया