अत्यावश्यक बाहेकका सरकारी कार्यालय कम्तीमा १५ दिन बन्द गर्न सुझाव
काठमाडौँ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यक बाहेकका सरकारी कार्यालयहरु कम्तीमा १५ दिनसम्म बन्द गर्न गृह मन्त्रालयलाई सुझाव दिएका छन् । सरकारी कार्यालय, ढुवानी लगायतको हकमा जारी गरिएको टाइम कार्ड पनि खारेज गर्नुपर्ने राय प्रमुख जिल्ला अधिकारीहरुको रहेको छ ।
हिजो बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो सुझाव दिएको हो । प्रमुख जिल्ला अधिकारीहरुको यो सुझाव गृहमन्त्रालय मार्फत उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिमा पठाइएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलले हिजो नै उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र नगरपालिकाका प्रमुखहरुसँग छलफल समेत गर्नुभएको थियो । सो छलफलमा पनि प्रमुख जिल्ला अधिकारीहरुले सोही राय दिएका थिए । कोरोना संक्रमित थपिँदै गएपछि सबै सवारी पास रद्द गर्ने लगायतका निर्णयहरु भएका छन् ।
प्रतिक्रिया