भारतबाट लुकछिमी आउँनेको संख्या बढ्यो

नेपालखोज २०७७ जेठ २ गते १३:२५

काठमाडौँ । भारतमा रेल सेवा सुचारु भएसंगै सीमावर्ती क्षेत्रबाट लुकीछिपी नेपाल प्रवेश गर्नेहरुको संख्या बढ्न सक्ने भन्दै नेपाल भारत सीमाको दाङ क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।
भारतमा काम गर्न गएका नेपाली नागरिक लुकिछिपी आउन सक्ने र कोरोनाको जोखिम बढ्न सक्ने आँकलन सहित सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

अहिले दाङको सीमावर्ती क्षेत्रमा नेपाल सशस्त्र प्रहरीका दुई सय जना सुरक्षकर्मी खटाइएका छन् । थप सुरक्षाकर्मीसहित बोर्डर आउट पोष्ट थप्ने तयारी गरिएको सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर गण हेडक्वार्टर ज्वालामाई दाङका एसपी नारायण श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया