कार्यक्रममा सांसदकालागि यस्तो नियम
नेपालखोज
२०७७ जेठ २ गते १५:२४
टंककला तिमिल्सेना,
काठमाडौँ । अहिले केही बेरमा सरकारले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । नीति सार्वजनिक गर्ने क्रममा सांसदलाई केहि नियमहरु पुरा गरेर उपस्थित हुनु पर्ने छ ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण बैठकमा सहभागी हुने सांसदका लागि आज विशेष सूचना जारी गरिएको छ।
संघीय संसदको सचिवालयले बैठकमा सहभागी हुने सम्पूर्ण सांसदलाई भवनमा प्रवेश गर्दा र बैठक चलिरहँदा मास्क अनिर्वाय रुपमा प्रयोग गर्न भनेको छ।
यसैगरी, पीसीआर टेस्ट नगराएका सांसदहरुलाई बैठकमा सहभागी हुन रोक लगाइएको छ।
अहिलेसम्म प्रतिनिधिसभाका सात र राष्ट्रियसभाका दुई जना सांसदको पीसीआर टेस्ट भएको छैन। सचिवालयका अनुसार केही दिनअघि सांसदहरूको पीसीआर टेस्ट गर्दा उनीहरू गृहजिल्ला पुगेका थिए। यी सांसदहरू आजको बैठकमा सहभागी हुन पाउने छैनन्।
सम्बन्धित
प्रतिक्रिया